राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्री ओलीद्वारा टीका ग्रहण

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्। शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन्।

प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले टीका र जमराको माला लगाइदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सोही क्रममा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट दशैँको टीका र जमराको माला ग्रहण गराएको उनले बताए।

यसअघि प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली गृहजिल्ला झापामा रहेकाले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए।