रामारोशन उत्कृष्ट गाउँपालिका हो : प्रमुख प्रशासकिय अधिकृत भण्डारी

कुसेसंबाद

रामारोशन गाउँपालिकाको समग्र बिकास र पर्यटनको संभावनलाई लिएर हाम्रा संबाददाता मोहनसिंह धामीले रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर भण्डारीसंग गरिएको बिशेष कुसेसंवाद ।

भण्डारी ज्यु यहाँलाई कुसेन्युजमा स्वागत छ ? 

धन्यवाद !

१ कोरोना कहरले रामारोशन गाउँपालिका कति प्रभावित भयो ?

कोरोनाले सारा विश्व नै प्रभावित भैसकेपछि हामी अछुतो रहने कुरा भएन ।र सुरुमा कोरोना विरुद्ध असाध्यै उच्च सतर्कता अपनाएर हामी राम्रोसंग लाग्यौ स्वास्थ्यको क्षेत्रमा रामारोशनले अछाम जिल्लाकै सन्दर्भमा ठिक गरेको छ भन्ने हाम्राे दाबी हाे । अघिल्लोपटक प्रदेश सरकारवाट पुरुस्कृत हुने काम समेत भयो । त्यसमा पनि हामी अछामको उत्कृष्ट बन्याैँ । 

कोरोनाको सन्दर्भमा पनि हामिले धेरैलाई करिव १७१० जनालाई क्वारेन्टाइनमा राख्यौ । अघिल्लो वर्ष विकास वाहेकका सामाजिक क्षेत्रको वजेट थियो । त्यो सवै हामिले कोरोना रोकथामका लागि त्यो वेला नै करिव करिव १ करोड २८ देखि ३० लाख कै विचमा भुक्तानी दियौँ । त्यो केही बाँकी नै छ । अझैपनि हामिले तिर्न सक्या स्थिति छैन । यो वर्ष पनि बाँकी त रहन्छ होला । यो वेला वजेट गैर वजेटरी रुपमा भएपनि वजेटवाट बाहिर भएपनि यो कोरोना खास कत्तिको डरलाग्दो हो वा डरलाग्दो होईन त्यो त अनुसन्धानको विषय रहला । चित्रण गरिएझै त्यतिकै अप्ठ्यारो र डरलाग्दो रुपमै हेर्यौ । अन्य सामाजिक विकासका कुराहरु पनि छन । ती वस्तारै गरौला भनेर उच्च प्राथमिकताको साथ कोरोनालाई रोकथाम गर्न जुट्यौ । हामिले साथिहरुलाई पनि खटायौ र स्वास्थ्यकर्मी साथिहरुको मनोवल पनि उच्च रहनुपर्छ भन्यौ । हामी अछाममा सायद पहिलो हौँला उहाँहरुलाई जोखिम भत्ता दिने ,प्रोत्साहन भत्ता दिने, स्वास्थ्यकर्मी साथिहरुको मनोवल उच्च रहेन भने हामी केही गर्न सक्दैनौ भन्ने भयाे  र त्यो कोरोना विरुद्धको लडाईमा हाम्रा वडाअध्यक्ष जनप्रतिनिधि ज्युहरुको पनि राम्रो भुमिका रहयो ।

२. कर्मचारी र जनप्रतिनिधिको सोचे अनुसार तालेमेल मिलेन भन्ने खालका जनगुनासा सर्बत्र सुन्न पाईन्छन नि  ? 

यो सन्दर्भमा हामी संघियताको नयाँ अभ्यास गरिरहेको स्थितिमा कर्मचारीतन्त्रका साथिहरु पनि यो व्यवस्थामा नितान्त नौलो र यो भन्दा अगाडिको समयमा कार्यकारीको भुमिकामा रहि आएका आफै जनप्रतिनिधिको भुमिकामा पनि र कर्मचारीको भुमिकामा पनि रहि आएको पृष्ठभूमिवाट संघियतामा आईसकेपछि अहिले कार्यकारी भुमिकामा अरु रहने र निर्णय कार्यान्वयनको भुमिकामा कर्मचारी साथिहरु रहनुपर्ने स्थिति पहिलो कुरा अर्को कुरा चाहिँ संघियता कार्यान्वयनको सन्दर्भमा पहिलो व्याच जनप्रतिनिधिको छ ।

उहाँहरु निर्णय गर्ने तहमा जो हुनुहुन्छ साथ साथै प्रशासकको भुमिकामा पनि रहने कर्मचारीको भुमिकामा पनि र जनप्रतिनिधिको भुमिकामा पनि देखिने । उहाँहरु खास आफ्नो भुमिका कति हो भन्ने वारे किलियर नहुने कारण भयो । समान्य रूपमा तालमेल नमिल्ने कुरा ढिलो चाडो सवैतिर देखिन्छ नै   । प्रत्येकले आफ्नो भुमिकाको विषयमा किलियर हुनुपर्छ ।

आफ्नो अधिकार क्षेत्रभित्र रहि ऐन ,कानुन , संविधानले दिएको अधिकार भित्र रहेर काम गर्ने हो भने समस्या आउदैन । उहाँहरु जनप्रतिनिधि ज्युले निर्णय गर्ने र त्यो निर्णयलाई ईमान्दारीतापुर्वक जनताको हितमा हुने गरि हामिले कार्यान्वयन गर्ने हो र यो कार्यान्वयन गर्ने सन्दर्भमा पनि जनप्रतिनिधिको ईच्छा अनुसार कार्यान्वयन गरिदिनुपर्ने कुरा आउदा चाहिँ कुरा वाझिएको हुनुपर्छ  ।

३. जनचाहना अनुसार पारदर्शी रुपमा काम सम्पादन हुन नसक्या स्थिति के हो ? 

सेवा प्रवाहका सन्दर्भमा जनताले सोचे अनुसार सेवा प्रवाह अर्को गाउ गाउमा सिंहदरवार भनियो । सवैकुरा जनताले सहज ढंगले पाईन्छ भन्ने कुरा जनताले वुझे । त्यो वुझाई अनुसार जनताले त्यहि ढंगको सेवा नपाएको महशुस सायद सवै ठाउँ भएको होला । यता पनि वेलावखत यस्ता कुराहरुको उठान भैरहेको छ । ब्युराेक्रेसीकै सन्दर्भमा त्यो ढंगको कुरा उठेको त मैले सुनेको छैन । जनप्रतिनिधि ज्युहरुसँग जनताका व्यापक जनगुनासाहरु छन । सेवाप्रवाहमा पारदर्शीका कुरा लगायत विभिन्न कुराहरुमा पछिल्लो पटक सुधार उन्मुख पनि छन ।

४. तीन तहका सरकार विच कुरा वाझिएको भन्ने कुरा पनि आइराछ यसकाे  चुरो कुरो के होला ? 

हामी संघियतामा गईसकेपछि तिनै तहका राज्य व्यवस्था हुने भनियो । संघ, प्रदेश र स्थानिय तह स्थानिय तह स्वभाविक रुपमा जनताको असाध्यै नजिकको सरकार हो । प्रदेश र संघले जतिसुकै राम्रो गर्ने हो भनेपनि स्थानिय तह सबल सुदृढ नहुदासम्म यो शासक र शासन व्यवस्थाका प्रति जनताको सकरात्मक धारणा वन्दै वन्दैन ।

त्यो भएको कारणले प्राय कामहरु चाहिँ स्थानिय तहवाट हुनुपर्थ्यो । अहिले गाउपालिकाको सन्दर्भमा म त त्यस्तो खासै अन्तरविरोध देख्दैन । प्रदेशका सन्दर्भमा यहाँ स्थानिय तहका जनप्रतिनिधि ज्युहरुले र कर्मचारीहरुले स्थानिय सरकार संञ्चालन ऐनले भनेकै आधारमा हुवहु योजना तर्जुमाका चरण लगायत जनताले अनुभव गरेकै आवश्यकता का योजना नवनाएको भएपनि कम्तिमा स्थानिय तहतिर योजना वनाउनेहरुले मोटामोटि समस्या यी यी हुन भन्ने थाहा हुन्छ । प्रदेशमा त त्यो पनि नहुने योजना माथिवाटै आउने जस्तो संघले जो गर्छ आफुसँग भएको पैसाको समानिकरण अनुदान पनि स्थानिय तहलाई दिन्छ । जे जे हुन स्थानिय तह मार्फत कार्यान्वयन हुन्छ । उसका आफ्ना छुट्टै राष्ट्रिय गौरवका योजनाहरु होलान । यो प्रेदेशका जस्तो योजना हुदैन । प्रदेशले विचवाटै स्थानिय तहजस्तो होकि संविधानले भन्या कुरा त विशेषगरी स्थानिय तह र संघविच तलमाथि दुवैतिर समन्वय गर्ने भुमिका हो ।

प्रदेशले दोहोरो भुमिका एउटा संघ जस्तो भुमिका निर्वाह गर्ने अर्को स्थानिय तहका जस्तो भुमिका निर्वाह गर्ने भएका कारणले प्रदेशतिरका योजनाहरुको अनुगमन मुल्यांकन पनि सहि ढंगले नहुने हुदा अलि समस्या छ । हाम्रो भुगोलका योजनाहरु कार्यान्वयन हुने का के भैरा छ वजेट कति हो अनुगमन केहो केही थाहा नहुने को विचवाट दुई चार वर्ष गए । अब यो वर्ष के हुन्छ हेरम ।

५. पछिल्लाे समय विकास निर्माणको गति कस्ताे छ  ? 

 विशेषगरि अघिल्लो पुर्वाधार विकास तिरका ठुलठुला योजनाहरु ठुल ठुला भनेका संघका जत्रा त होईनन् । हाम्रो कान्छो सरकार जो स्थानिय सरकार भनिया छ । यहाँका लागि ठुला योजनाहरु टेण्डर प्रकृया मार्फत अगाडि जादा खेरि हामिले यो वर्षको वजेट पनि त्यतैतिर हाल्नुपर्ने स्थिति छ । अहिले पनि २ वटा लघुजलविधुत ,एउटा वडा कार्यालय को भवन ,४ वटा जति विद्यालय टेण्डर प्रोसेस मा छन । यो वर्षको अन्तिम तिर ती पुर्ण रुपमा वन्छन । अब शिक्षा क्षेत्रमा एकातिर सामुदायिक विद्यालयहरु अर्कोतिर निजि विद्यालयहरु हरेक मान्छे निजितिरै आकर्षित भैरहेको स्थिति र हाम्रो जो सामुदायिक वन्छ त्यताको गुणस्तर नै ठिक भएन भन्ने प्रश्न उठिरहेको सन्दर्भमा एउटा जनशक्ति कम हुने समस्या हामिले कम्तिमा एउटा कक्षामा एउटा शिक्षक हुनुपर्छ भन्ने ढंगले यो वर्ष मात्रै विद्यालयका विभिन्न तहमा ४६ वटा नया दरवन्दि सृजना गर्यौ र त्यहा पठाउने काम भयो ।

जहासम्म विधुतको कुरा छ हामिले केन्द्रिय लाईन यो भन्दा अगाडि वढाइसकेका छौँ । एउटा त केन्द्रीय लाईन टेण्डरसम्म गएको थियो तर वाढिले हाम्रा सवै लघुजलविधुत पुर्णरुपमा क्षति गरिसकेपछि हामिले रामारोशन मर्मत सम्भार समूह भन्ने थियो । त्यसमा हाम्रो २९ जना मान्छे थिए र अन्य नेपालि काङ्ग्रेस नेकपालाई पनि आव्हान गर्यौ । कुल ४० भन्दा वढि स्वयंसेवकहरु यो केन्द्रीय लाईनको विस्तारमा लागि पोल खन्ने र वोक्ने काममा परिचालन हुनुभाछ । केन्द्रीय लाईनको भर्खरै मात्र हामीले उदघाटन गरेका छौ । त्यो अगाडि वढि राख्या स्थिति छ ।

६. वाढि पहिरोवाट कति क्षति भयो ? यसलाई दिगो रोकावटका लागि के के प्रयासहरु भैरहेका छन ? 

 भ्राद २ गते वाढि आयो । वाढि आइसकेपछि सवैभन्दा पहिलो ध्यान उद्धार तथा राहतमा हुनुपर्थ्यो त्यसमा हामी पनि खट्यौ । नेपाल प्रहरी ,शसस्त्र प्रहरी,स्थानिय जनप्रतिनिधिहरु हाम्रो कर्मचारी साथिहरु ,सवै खटिसकेपछि पत्ता लाग्ने जति आठ जनाको लास प्राप्त भयो ।अहिलेसम्म पनि ९ जना वेपत्ता हुनुहुन्छ ।

त्यो वाढिमा परि वाच्ने सम्भावना नभएका कारणले ती वेपत्ताहरुलाई नियमानुसार मृतक घोषणा गर्नपर्छ भन्ने ढंगले पहल गरिराछौ । राहतका सन्दर्भमा हामिले गाउपालिकाको तर्फवाट राहत दिएको स्थिति छैन । हामिले गरेको कुरा भन्या राहतको सहजिकरण हो । विभिन्न संघसंस्थाहरु, सहयोगि महानुभावहरु ,उहाँहरु हाम्रो स्थानिय सरकारको समन्वयमा फिल्डमा गएर पैसा तथा चामल पहिलोमा मृतक तथा वेपत्ता परिवारले द्रोस्रोमा अहिले कैलाशले खेतिपातिमा नराम्रोसग नोक्शान गर्यो । यहाको मुख्य उव्जनि हुने क्षेत्र भन्या कैलाश तटिय क्षेत्र मै करिव २८९० रोपनि क्षति गरेको तथ्यांक हामीसग छ । उहाहरुलाई दिने राहतको समायोजन र संयोजन गरिरहेकै छौ ।

हिजो आज मात्रै नेपाली काङ्ग्रेसले वाढ्दैछ । दशै भन्दा अगाडि ती सवैलाई कम्तिमा एक कट्ठा चामल भएपनि पुर्याउनुपर्छ भन्ने ढंगले गरिराछ । नेकपाको पनि राहत कोष छ उहाँहरु ले पनि वाढ्ने कुरा छ । यी वाहेक रेडक्रस ,सेवक नेपाल ,मालिका विकाश संघ , लगायत देश विदेशमा रहेका महानुभावले सहयोग गरिरहेकै छन । त्यो सहयोगलाई उहाहरुसम्म पुर्याउने काम गरिरहेका छौ । त्यो राहतको कुरा भयो ।राहतपछि अर्को खेति नोक्शान गर्यो । हाम्रा १७ जना जति मान्छे मरे २ जना जति घाईते भए त्यो त एकापट्टि छ नै । त्यो सगसगै हामी सडक संञ्जालवाट पनि पुरै व्लक भयौ । सडक संञ्जाल पुर्णरुपमा तहसनहस भैसकेपछि हामिले निर्माण व्यवसायिहरुलाई अन्य छिमेकि स्थानिय तहहरुलाई आव्हान गर्यौ । उहाहरुले साभन उपलव्ध गराउनु भयो हामिले इन्धन हालेर सेरीवाट सैनिसम्म सडक खोल्ने काम गर्यौ ।

कम्तिमा यसको मुल्यांकनमात्र गर्ने हो भनेपनि एक करोडको नजिक जाला । त्यसमा हाम्रो ईन्धन र उहाहरुको सहयोगको कारण सडक खोल्यौ र सडक खोलिसकेपछि अब यहाँ कोहि विरामि भएपनि मंगलसेन ,वयलपाटा जतापनि लिन सक्ने स्थिति भएको छ । वाढिकै कारण सुत्केरि हुने अवस्थामा पनि हामिले मान्छेलाई लिन सक्ने स्थिति भएन । फेरि वाढि आएकै पछिल्लो दिन सुतारमा एउटा डेलिभरि केस भयो । असाध्यै अप्ठ्यारो बाहिर लिनुपर्ने सडक छैन केही छैन । जेहोस हेलिकप्टर मार्फत उहाको उद्धार गर्ने काम भयो । अब वाढिको त एउटा छदैछ । वाढिले सैनिवजार वगायो ,त्यहाका मानिसका घरहरु वगायो । त्यो भन्दा माथि स्वर्णा ,आडेखाद ,अल्लेडि तिर पहिरोका कारण घरै पुरिएको स्थिति छ ।

घरमा वस्न नसकेर अहिले पनि त्यहाँका वासिन्दा त्रिपाल मुनि र स्कुल मा वसिरहेका छन । उहाँहरुका लागि सुरक्षित वस्ति निर्माण गरि हस्तान्तरण गर्ने योजना छ । गाउपालिकाको त्यसकालागि कुन ठाउँ उपयुक्त छ भन्ने ढंगले नेपाल सरकार को समन्वय मा भु गर्व विदहरुको टोलिले एकपटक अनुगमन ,अवलोकन गरि निरिक्षण गरेर गएको छ । उसले प्रतिवेदन वुझाउछ होला वुझाईसकेपछि कार्यान्वयनमा जान्छ ।

अनि वस्ति विकासका लागि स्रोत चाहिन्छ । वस्ति विकास गर्ने सन्दर्भमा केही संघसंस्था हरुले पनि हामी घर वनाईदिन्छौ हस्तान्तरण गर्छौ भन्ने ढंगले आईराछन । एउटा भक्तिविवि फर ह्युम्यानिटि भन्ने अन्तर्राष्ट्रिय संस्था जो अमेरिकामा दर्ता छ । पछिल्लो चरण नेपालमा पनि दर्ता भएको छ । त्यसले मात्र हाम्रो पालिका मा २२ वटा घर निर्माण गर्छौ र हस्तान्तरण गर्छौ भन्ने ढंगवाट कुरा गरिराछ ।त्यसको लागि त्यहाका २२ पिडित मान्छेको निवेदन संकलन गरेर त्यो प्रकृया अगाडि वढाएका छौ । उहाँहरुसग सम्झौता पनि गरिसकेका छौ । अर्को प्रदेश सरकारको पनि वस्ति विकासकाे कार्यक्रम छ । त्यसका लागि समन्वय गरिराछौ ।

तुलनात्मक रुपमा जस्तो एउटा संस्थासग सम्झौता गरिसक्यौ ।सरकारी संयन्त्र अन्तरगत काम गर्नेपनि प्रतिवद्धता आउने तर त्यो अनुसार छिटो रेसपोन्स नआउने भएको छ । प्रदेश मन्त्रि आउनु भयाे ,गृहमन्त्री स्वयम् नै आउनु भयो प्रतिवद्धता जनाउजु भा छ र स्वयम हामिले यहाँ भएको क्षतिको विवरण सहित अहिलेको आवश्यकता यी यी हुन र यी भए भने जनजिवन सामान्यिकरण हुन्छ । रामारोशनको पुनः निर्माण हुनुपर्छ भनेर योजना माथि पठाएका छौ । 

७.  प्रमुख पर्यटकिय क्षेत्र रामारोशनको पर्यटन विकास तथा प्रवर्द्धनमा गाउँपालिकाले के के प्रयास गरिरहेको छ ? 

रामारोशनको पर्यटकिय सम्भावना त छदैछ । त्यो सम्भावनालाई यर्थाथतामा परिणत गर्नका लागि हामिले रामारोशन युद्ध पर्यटन गुरु योजना भन्ने वनायौँ ।  एउटा त्यसपछि अन्य योजनाहरु आकाशेपुलहरु लगायतका योजना वनाएर ती योजनाहरुको माग गरिरहेका छौँ ।सँगसगै के पनि भएको छ भने रामारोशन पर्यटन तथा विकास व्यवस्थापन समिति जो थियो सुदुरपश्चिम प्रदेश सरकारको पहलमा त्यो गठन प्रकृयाले पुर्णता पाएको छ ।

भर्खर मात्र त्यो समितिको वैठक माथि सम्वन्धित क्षेत्र रामेमा वसिसक्यो । सायद त्यो द्रोस्रो वैठक हुनुपर्छ । यो वर्षदेखि रामारोशनले सहि ढंगवाट गति लिन्छ । अघिल्लो वर्ष पनि २५ लाख वजेट थियो । अन्तिम तिर निकाशा भएको हो । प्रदेश अन्तरगतको वजेटवाट हामिले त्यहाँ डुङ्गा राख्यौ र हामिले हाम्रो पहलमा रामारोशन तालमा व्यवसायिक रुपमा डुङ्गा संञ्चालन गर्न का लागि डुङ्गा त्यहा अहिले पनि छ । त्यो क्षेत्रमा डुङ्गा अहिले पनि तैनाथ छ । उदघाटन पनि भयो । तर व्यवसायिक रुपमा संञ्चालन हुन सक्या स्थिति भने छैन । त्यहि रामारोशनको पर्यटकिय सम्भावनालाई यथार्थतामा परिणत गर्न रामारोशन पर्यटन सुचना केन्द्र भन्ने स्थापना गर्यौ त्यसमा २ जना साथिहरु हुनुहुन्छ । डुङ्गाको हेरचाह लगायत अन्य सहजिकरण उहाहरुले गरिरहनु भाछ । अब चाहिँ चाडै गति लिन्छ ।

८. यस क्षेत्रका सरोकारवालालाई तपाईं के भन्न चाहानु हुन्छ ? 

 रामारोशनको विकासका लागि स्थानिय स्तरमा वजेट आउन लागेको अलि लामै समय भयो । यहाँ आएको सवै वजेट जुन छ सुरुदेखि सहि ठाउमा सहि ढंगले काम भएको भए सायद यो मात्र होईन नेपालका धेरै ठाउँ यो भन्दा धेरै अगाडि गैसक्थे होला । त्यो भएको कारणले गर्दा प्राथमिकता र आवश्यकता का आधारमा योजना हुनपर्ने भयो । कस्तो पनि देखिन्छ भने पैसा का लागि योजना कि योजनाका लागि पैसा भन्ने प्रश्नमा अधिकांश ठाउमा यो पैसाका लागि योजना माग्ने जसन प्रचलन छ यसलाई पुर्णरुपमा छोड्नुपर्छ । योजनाका लागि पैसा आवश्यक हो । योजनाका लागि स्रोतको आवश्यकता पर्ने हो । आवश्यकताका आधारमा योजना वनाउने हो । यो व्यवस्था मै देखिया जो विचौलियाहरु छन उनिहरुको भुमिका नहुने होर स्थानिय स्तरवाटै वास्तविक आवश्यकताका आधारमा योजना तर्जुमा देखि कार्यान्वयन हुने हो भने अब विकास गर्न अप्ठ्यारो छैन ।

९. अन्तमा केही भन्न छुटाउनु भयो कि ? 

विषम परिस्थितिको यो घडिमा हामिलाई हाम्रा कुराहरु तपाईको राख्ने अवसर दिनु भएमोमा भन्यवाद ! यो सगै कोरोनाको जोखिम कायमै भएकाले परम्परागत शैलिवाट भिडभाड भएर दशैतिहार नमनाउन सवैमा अनुरोध गर्दछु । सुरक्षितका साथ मनाउनुहोला  विजया दशै तथा शुभ दिपावलिको सवैमा हार्दिक हार्दिक शुभकामना । धन्यवाद !