स्वास्थ्य मन्त्रालयले पाँच दिन कोरोनाको प्रेस बिफ्रिङ नगर्ने
प्रकासित मिति : २०७७ कार्तिक ७, शुक्रबार १०:०२
प्रकासित समय : १०:०२
काठमाडौँ, स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना भाइरसको प्रेस ब्रिफिङ पाँच दिनलाई स्थगित गरेको छ ।
बडादशैँका कारण अब कात्तिक १२ गतेबाट मात्रै नियमित प्रेस ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
यसअबधिका कोरोनासम्बन्धी सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गरिने उनले बताएका छन् ।स्वास्थ्य मन्त्रालयले २५६ दिनदेखि अपराह्न ४:१५ बजे कोरोनासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको थियो ।