करेन्ट लागेर सैनिक जवानको मृत्यु

तेह्रथुम,तेह्रथुममा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । सिरहाको शेर गणमा कार्यरत तेह्रथुमको आठराई– ५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार अपरान्ह सवा ५ बजेतिर घर अगाडी रहेको बिजुलीको ट्रान्समिटरबाट आफैँ कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेको थियो ।उनलाई उपचारका लागि अस्पताल नपुर्‍याउँदै बाटोमै मृत्यु भएको जिल्ला पहरी कार्यालय तेह्रथुमले जनाएको छ ।