कोरोनाको खोप परीक्षणका क्रममा ब्राजिलमा एक जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरसविरुद्धको खोप परीक्षण गर्ने क्रममा ब्राजिलमा एक जनाको ज्यान गएको छ । एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयद्वारा विकसित गरिएको खोप परीक्षणमा सामेल एक सहभागीको मृत्यु ज्यान गएको हो ।
तर परीक्षण भने जारी रहने ब्राजिलको नेशनल हेल्थ सर्भिलेन्स एजेन्सी (एनभिसा) ले जनाएको छ । यद्यपि एनभिसाले खोप परीक्षणका क्रममा भएको मृत्युका बारेमा थप जानकारी सार्वजनिक गरेको छैन ।
साओ पाओलो विश्वविद्यालयले ब्राजिलमा तेस्रो चरणको कोरोना खोप परीक्षण गरिरहेको छ । विश्वविद्यालयका अनुसार मृत्यु हुने व्यक्ति ब्राजिलकै नागरिक हुन् । तर उनी कहाँका हुन् भन्नेबारे केही जानकारी दिइएको छैन ।
खोप स्वयम्सेवकको मृत्युको समाचार सार्वजनिक हुने बित्तिकै एस्ट्रोजेनेकाको शेयरमा १.७ प्रतिशतले गिरावट आएको छ । ब्राजिलमा कोरोनाका कारण हालसम्म एक लाख ५४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । ब्राजिल, अमेरिका र भारतपछिको सबैभन्दा बढी प्रभावित मुलुक हो । एजेन्सी