१८ जना कोरोना संक्रमितको मृत्यु, कुल मृत्यु हुनेको संख्या ७५७

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या साढे ७ सय नाघेको छ। पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभरका अस्पतालका आईसीयूमा २८२ जना संक्रमित छन् भने भेन्टिलेटरमा ६३ जना छन्।पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना संक्रमित थपिएका छन्। त्यसैगरी २ हजार ३३५ जना संक्रमणमुक्त भएका छन्।