७७ जिल्ला समिति गठनपछि विभागहरुको गठन गर्दै महासंघ

काठमाडौं,नेपाल प्रजातान्त्रिक महासंघले आफ्नो संगठन विस्तारको कामलाई थप तिव्रता दिएको छ । कोरोनो महामारीका बीच पनि महासंघले आफ्नो संगठन विस्तारको कामलाई निरन्तरता दिइएको हो ।नेपाल प्रजातान्त्रिक महासंघ नेपालका बुद्धिजिवी,सेवा निवृत आफिसरहरु,बैंक,बित्तिय संघसंस्था,बिमा कम्पनी,सहकारी ब्यक्तिहरु, उद्योग, वाणिज्य,सामाजिक अभियान्त,अधिकारकर्मी,विभिन्न पेशा व्यवसायीहरुको समेत संलग्नतामा २०५८ सालमा स्थापना भएको समाजसेवा मुलक संगठन हो ।

स्थापना कालमा नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ मार्फत स्थापना भएको महासंघ पछिल्लो समय २०७६ पछि नेपाल प्रजातान्त्रिक महासंघको नामबाट आफ्नो गतिविधि गर्र्दै आइरहेको छ । स्थापना कालदेखिनै विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको महासंघले नेपाली कांग्रेसको निती निर्देशन अनुसार मुलुकमा परी आएका विभिन्न आपतविपत् तथा आमजनतालाई परेको समस्यलाई सहयोग गर्दै आइरहेको छ ।

भुकम्पको बेला होस वा बर्खायाममा विभिन्न ठाउंमा बाढीपहिरोमा परेकाहरुको उद्धार तथा राहत वितरण, पछिल्लो समय कोरोना महामारीका बेला पनि देशका विभिन्न ठाउंमा औषधीजन्य सामाग्रीहरु माक्स,पंजा।स्यानिटाइजर बाढ्ने तथा कोरोनाबारे विभिन्न जनचेतनामुलक सन्देशहरु जनतामाझ गएर बुझाउने काम समेत गर्दै आइरहेको छ । प्रजातान्त्रिक महासंघ नेपाली कांग्रेसको महत्वपूर्ण शुभेच्छुक संस्थाहरुको मध्येको एक हो ।

महासंघ अन्र्तगत हाल ९ वटा केन्द्रिय संघहरु, ७ वटै प्रदेशमा प्रदेश समिति र ७७ वटै जिल्लामा तर्दथ समिति गठन भइसकेको छ ।
केन्द्रमा ११ विभागहरु गठन भइसकेको छ । अब प्रदेश तथा जिल्लास्तरमा समेत विभागहरु गठन गरी महासंघलाई गांउ तथा नगर,वडासम्म संगठन विस्तार गर्ने कुराबारे तयारी भइरहेको महासंघका केन्द्रिय अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिए ।

नेपाल प्रजातान्त्रिक महासंघ प्रवुद्ध,बुद्धिजिवी,पेशा व्यवसायी तथा सेवा निर्वित अफिसरहरुको संगठन रहेको यो संगठनले नेपाली कांग्रेसलाई बलियो बनाउने, गुटउपगुटमा नलागी कांग्रेसलाई एकढिक्का बनाइ आगामी तिनै तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन महासंघले महत्वुर्ण भुमिका खेल्ने बताएको छ । जसको लागि महासंघले गांउ,तथा टोलटोल सम्म कार्यक्रम बनाएर घर दैलोसम्म जाने योजना बनाइरहेको महासंघ महासचिव भत्तराज भुसालले जानकारी दिए ।

त्यस्तै निकट भविष्यमा महासंघको अगुवाइमा मिडिया ग्रुप बनाइ टेलिभिजन,अनलाइन,एफएम रेडियो तथा साप्ताहिक पत्रपत्रिका समेत प्रकाशन गर्ने र त्यसको लागि आवश्यक पर्ने तयारीका साथ काम भइरहेको महासंघका केन्द्रिय सूचना प्रविधि तथा प्रचार विभागकी संयोजक रोजी ढकाल पराजुलीले बताए ।
त्यो संगै अहिले महासंघ अन्र्तगतको विभिन्न विभागहरु गठन गर्ने काम तिव्रगतिमा भइरहेको छ । यसै सन्दर्भमा पछिल्लो महिना कोरोना महामारीका बीचमा पनि महासंघको केन्द्रिय सूचना प्रविधि तथा प्रचार विभागको गठन र त्यसको ७ वटै प्रदेशमा प्रचार विभाग गठन कार्य चलीरहेको छ । जस अनुसार हालसम्म कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशमा समिति गठन भइसकेको छ । सुदुपश्चिम प्रदेशको प्रचार विभागको संयोजकमा दिपेन्द्र बस्नेत र कर्णाली प्रदेशमा बिष्णु न्यौपानेलाई संयोजक बनाइसकेको अन्य प्रदेशमा पनि समिति गठनको तिव्र तयारीमा रहेको महासंघका सूचना प्रविधि तथा प्रचार विभागका केन्द्रिय संयोजक रोजी ढकाल पराजुलीले जानकारी दिए ।