केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु

काठमाडौं,  काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ।  अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८स्४५ मा हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन ठिक थिएन।  सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा बस्थे। उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका थिए।  आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई केएमसीमा ल्याइएको थियो।

कुरुवा बसेकी आमा औषधी किन्न गएका बखत उनी झ्यालबाट हाम्फालेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।
हाम्फाल्दा गम्भीर घाइते भएका उनलाई उपचार गरिए पनि केही समयमै मृत्यु भएको प्रहरीले जनाएको छ।