बूढानीलकण्ठमा थपिए एक दिन ४८ संक्रमित

काठमाडौं, काठमाडौं बूढानीलकण्ठ नगरपालिकामा आइतबार एकै दिन ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये आधा वडा नम्बर १० कपनका बासिन्दा रहेको जनाइएको छ ।

आइतबार सो वडामा २४ जना संक्रमित थपिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी वडा नम्बर १२ फैकामा ८ जना, वडा नम्बर ८ गोल्फुटारमा ५ नयाँ संक्रमित थपिएका हुन् ।

वडा नम्बर १ मा तीन, वडा नम्बर ४, ६ र ११ मा दुई–दुई जना तथा वडा नम्बर २ र ९ मा एक–एक जना थपिएको नगरपालिकाले जनाएको छ । बूढानीलकण्ठ नगरपालिकाभित्र हाल ४ सय ५३ जना संक्रिय संक्रमित छन् ।

जसमध्ये ३ सय ९९ जना होम आइसोलेसनमा र ५४ जना विभिन्न अस्पतालमा उपचारत छन् । नगरपालिकाभित्रका १ हजार ३ सय १२ संक्रमितमध्ये ८ सय ५१ जना निको भएका छन् । निको हुनेको प्रतिशत ६५ छ ।