काठमाडौं उपत्यकामा २३८८ जनामा कोरोना संक्रमण

काठमाडौं, सोमबार काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आज उपत्यकाको माठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

गत २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । १५ हजार ७ सय १४ को पीसीआर गर्दा आज ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । आज २ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ ।