महासंघको प्रचार बिभागको केन्द्रिय सचीवमा तामाङ नियुक्त

काठमाडौ । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्रविधि तथा प्रचार बिभागको केन्द्रिय सचीवमा निरज तामाङ नियुक्त हुनुभएको छ ।

नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय कार्यालयमा आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले तामाङलाइ सचीवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डेढ दशकदेखि टेलिभिजन पत्रकारितामा सक्रिय रहनु भएका तामाङ हाल जनता टेलिभिजनमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।

यस अघि पत्रकार तामाङ महासंघको केन्द्रीय सूचना,प्रविधि तथा प्रचार बिभागको केन्द्रिय सदस्यमा मनोनयन हुनु भएको थियो ।

नवनियुक्त सचीव तामाङले महासंघका भावि कार्यक्रम तथा योजना हेर्दा आफु प्रभाबित भएको भएको र सूचना प्रविधि तथा प्रचार बिभागको सचिव पदमा नियुक्ति गरेकोमा आफु उत्साहित र महासंघको लक्ष्य र उदेश्यलाइ थप उचाइमा पुर्याउन जिम्मेवारीका साथ अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।