बीपी प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु

सुनसरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक वृद्ध मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ३:०५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतकमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।

पीसीआर परीक्षण पोजेटिभ आएपछि ती वृद्ध असोज २७ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थिए ।