दसैंको ३ दिनबाहेक नियमित कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन
प्रकासित मिति : २०७७ कार्तिक २, आईतवार १७:३५
प्रकासित समय : १७:३५
काठमाडौं, कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दसैंका तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले नियमित कोरोना परीक्षण गनुपर्ने बताएका छन् । उनका अनुसार यी तीन दिनमा पनि परीक्षणको चाप भएमा भने परीक्षणलाई नियमित गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।