कोरोनाबाट थप १२ जनाको मृत्यु, मृत्तक संख्या ७३९
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको ज्यान गएको छ ।योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १६ सय ९८ सहित देशभर थपिए २९ सय ४२ संक्रमित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २९ सय ४२ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका १६ सय ९८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २३ सय २६ छ । योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन् । आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७३९ पुगेको छ ।