काठमाडौंमा थपिए १६९८ कोरोना संक्रमित
प्रकासित मिति : २०७७ कार्तिक २, आईतवार १६:५४
प्रकासित समय : १६:५४
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४६९, भक्तपुरमा १९९ र ललितपुरमा १३० गरी जम्मा १६९८ जना संक्रमित थपिएका छन् ।
यसअघि शनिबार (हिजो) काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।