आइसोलेसनबाट फरार थुनुवा पक्राउ
प्रकासित मिति : २०७७ कार्तिक १, शनिबार १७:०७
प्रकासित समय : १७:०७
सिरहा, जिल्लाको धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका–१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए । उनलाई लहान नगरपालिका–१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी त्यहीँबाट फरार भएका थिए ।