नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक १, शनिबार १६:३९
प्रकासित समय : १६:३९
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।हाल नेपालमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।
संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार २९९ छ भने होम आइशोलेसनमा २५ हजार ४३८ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ७१५ छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।