उपत्यकामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८९ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८०० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।