नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार १६७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८९ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८०० जना उपचारपछि डिस्चार्ज भएका छन् ।हाल नेपालमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार २९९ छ भने होम आइशोलेसनमा २५ हजार ४३८ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ४३८ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ७१५ छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।