बालुवाटार पुगे मुख्यमन्त्री शाही र कँडेलका टोली

काठमाडौं, कर्णाली प्रदेश सरकारमा देखिएको विवाद समाधानका गर्न नेताहरु बालुवाटार पुगेका छन् ।

विहीबार र शुक्रबार दुईदिन कार्यकारी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड माधव नेपाल लगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अविश्वासको प्रस्तावका नेतृत्वकर्ता यामलाल कँडेलका छुट्टाछुट्टै टोली शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा नेताहरुलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका थिए ।आजको बैठकमा प्रचण्डलाई पनि बोलाइएको थियो । तर, प्रचण्ड बालुवाटार नजाने खुमलटार स्रोतले जनाएको छ ।प्रधानमन्त्री ओलीले एकलौटी रूपमा मन्त्रिपरिषद् पुनर्गठन गरेपछि असन्तुष्ट बनेका प्रचण्ड त्यसयता बालुवाटार गएका छैनन् ।