धनकुटामा नातीको कुटाइबाट हजुरबुबाको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक १, शनिबार १०:३५
प्रकासित समय : १०:३५
धनकुटा, नातीको कुटाइबाट धनकुटामा एक ९० वर्षीय वृद्धको ज्यान गएको छ । हजुरबुबा कुट्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । सहिदभूमि गाउँपालिका–१ कोलबोटेका २७ वर्षीय नाती अबिनाश राईको कुटाइबाट ९० वर्षीय हजुरबुवा फक्तबहादुर राईको मृत्यु भएको हो ।
धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीका अनुसार कुटपिटबाट गम्भीर घाइते फक्तबहादुरको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेका अबिनाशले सोमबार घरायसी विवादमा निर्घात कुटपिट गर्दा फक्तबहादुरको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो । घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।