देशभर २९० आइसियुमा ६६ जना भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २९० जना कोरोना संक्रमितको आइसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

प्रदेश अनुसार आइसियुमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १५२ जना, प्रदेश १ मा ३४ जना, प्रदेश २ मा १३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदुरपश्चिम प्रदेशमा ९ जना संक्रमित छन्।

त्यसैगरी, प्रदेश १ मा ९ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ४८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।