स्वास्थ्यकर्मी पनि लक्षण देखिएमा मात्रै आइसोलेसनमा

काठमाडौं, स्वास्थ्यकर्मी पनि कोरोना भाइरस लक्षण देखिएमात्रै क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण वा पोजेटिभ देखिए मात्र आइसोलेसनमा बस्न निर्देशन दिएको हो।

कोभिड १९ का बिरामीहरूको उपचारमा प्रत्यक्ष रूपमा सम्लग्न स्वास्थ्यकर्मी व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले सबै कोभिड अस्पताललाई पत्राचार गर्दै कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिडको लक्षण देखिए वा पोजिटिभ आएमा मात्र क्वारेन्टाइन वा आइसोलेसन राख्नेर बस्ने व्यवस्था गर्न आग्रह गरेको छ। यसअघि अस्पतालमा एक हप्ता काम गरेका स्वास्थ्यकर्मीलाई कुनै लक्षण नदेखिँदा पनि अस्पतालले क्वारेन्टिनमा राख्दै आएका थिए।