सुनसरीमा भोलिदेखि मंसिर ६ गतेसम्मका लागि निषेधाज्ञा जारी

विराटनगर,  सुनसरीमा चाडपर्वलक्षित गर्दै कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले मठ-मन्दिरहरुमा हुनसक्ने भिडलाई लक्षित गर्दै स्थानिय प्रशासन ऐन बमोजिम २०२८, र संक्रामक रोग ऐन २०२० बमोजिम कार्तिक १ गतेदेखि मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

शक्तिपिठ, मन्दिर तथा पन्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपूजाबाहेक सामूहिक रुपमा गरिने पूजामा मस्जिदमा भेला तथा जम्मा हुन, गुम्बाहरुमा भेला हुन र पूजा गर्न, भक्ति संगीत तथा भजन-कीर्तनमा रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले जानकारी दिए ।

चाडपर्वमा हुने मेला जात्रा गर्न, राजनीतिक दलहरुबाट गरिने कार्यक्रमहरु सञ्चालन गर्न, शुभकामना आदनप्रदान गर्न, उद्‍घाटन र शिलान्यास गर्न पनि प्रशासनले रोक लगाएको जनाएको छ ।