फेसबूकमा ‘बलात्कारी संगठन’ बनाएको आरोपमा एक पक्राउ

काठमाडौं,‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेतलाई छन् ।

उनलाई नवलपरासीमा पक्राउ गरी काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् । बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भएका थिए । केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर सडक प्रदर्शन गरेका थिए ।

त्यसपछि यो ग्रुप चर्चामा आएको थियो । ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको प्रहरीको भनाइ छ । उनले बलात्कारसम्बन्धी ग्रस किन खोले भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।