नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौँ, नेपाली राष्ट्रिय फूटबल टीमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। शुक्रबार राष्ट्रिय खेलकुद परिषद् राखेपले मैत्रीपूर्ण खेलका लागि अनुमति दिएपछि मैत्रीपूर्ण खेलको टुंगो लागेको हो।
चैतदेखि नेपाली खेलकुदका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन् । तर, राखेपले अनुमति दिएपछि अब नेपाली टोली बंगलादेशमा मैत्रीपूर्ण खेलका लाग जानेछ। कोरोना महामारीका कारण नेपाली खेलकुद पछिल्लो ७ महिनादेखि ठप्प छ। यस अवधिमा कुनै पनि खालका खेलका प्रतियोगिता भएका छैनन्। तर, टोकियो ओलम्पिक छनोट खेल्ने खेलाडीहरुले भने पटक पटक अभ्यास गर्दै रोकिँदै हुँदै आएको छ।
यसअघि अखिल नेपाल फूटबल संघ ( एन्फा) ले साउनमा विश्वकप छनोटका खेलका लागि राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । तर, उपत्यकामा निषेधाज्ञा जारी भएपछि अन्तिम समयमा अभ्यास रोकिएको थियो।