चितवनमा थप ५५ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ आश्विन ३०, शुक्रबार ०८:३१
प्रकासित समय : ०८:३१
चितवन, चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ५१ जना चितवनका हुन् भने बाँकी ४ जनामा तीन जना पाल्पाका र एक जना रूपन्देहीका छन् । भरतपुर अस्पतालले बिहीबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका २ वर्षीय बालकसहित ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्तीका ११ पुरूष र ९ महिला, खैरहनीका ४ पुरूष र ४ महिला, रत्ननगरका १ पुरूष र कालिकाका २ पुरूष र ३ महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।