गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ आश्विन ३०, शुक्रबार ०८:४९
प्रकासित समय : ०८:४९
काठमाडौँ, नवलपुरका ३८ सहित गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमा सबैभन्दा धेरै नवलपुरका ३८ जना छन् । जसमा देबचुलीका १३, गैडाकोटका १८ र कावासोतीका ७ जना रहेका छन् ।
यस्तै कास्कीका १९, बागलुङका सात, तनहुँका छ, गोरखाका पाँच र लमजुङका तीन जनामा पनि संक्रमण भएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या पाँच हजार ४३४ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।