काठमाडौंमा थपिए २४०२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जना संक्रमित थपिएका छन् ।

यसअघि विहीबार (हिजो) काठमाडौंमा १६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।