भारतमा नेपालीलेनै नेपालीलाई लुटे

सुर्खेत, घर आउन हिडेका चारजना नेपाली युवा भारतमा लुटिएका छन । भारत किनौरको रिकाङ पिओ देखि साँझपखको गाडि चढेर ति चार युवा भारतको देहरादुन नजिकै लहाड पाउडा भन्ने स्थानमा लुटिएका हुन । उनिहरुको साथबाट मजदुरी गरेर कमाएको भारतिय रुपैयाँ १ लाख ८० हजार, बिस हजार जतिको मोबाइल फोन र साथमा भएको सम्पुर्ण सामान लुटेर अपराधि फरार रहेका छन ।

नेपालको जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ का बर्ष २७ का हस्त बहादुर बस्नेत, बर्ष २४ का प्रेम बहादुर बस्नेत, वडा नं २ का नाम नखुलेका एकजना , सोहि गा पा वडा नं ४ बस्ने भिम बहादुर रावत रहेका छन । पिडित ब्यक्तिहरुलाई सिमला देखि गाडिमा ल्याउदै गर्दा रुकुम घर बताउने गाडि ड्राइभर नाम नखुलेका र सोहि गाडिमा सवार जुम्ला घर बताउने २ जना ब्यक्तिले उनिहरुलाई लुटेका हुन । उनिहरुलाई देहरादुन जाने बाटो यहि हो भन्दै अर्कै बाटो लगि एउटा चिया पसलमा चिया पिउ भनेर चियामा बिषालु पदार्थ मिसायर अचेत पारी भएभरको सबै लुटेर घनाघोर जंगलमा फालिएको अबस्थामा फेला परेका हुन ।

पिडितले फोनमार्फत यसो भने सम्बधित सरोकारवालाको ध्यान जावस र हामिलाई चाडो उद्धार गरी नेपाल लगियोस । उनिहरुको होस अझसम्मपनि राम्रोसंग आएको छैन । भारतमा मजदुरी गरेर दसैँमा परिवारलाई खुशि दिन हिडेका उनिहरुलाई नेपालीले नै सारा खुशि लुटेका छन ।