सोह्रखुट्टेमा ग्यास विष्फोट
प्रकासित मिति : २०७७ आश्विन २९, बिहीबार १३:०१
प्रकासित समय : १३:०१
काठमाडौँ, काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ ।
विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
घटनाबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘ग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ । ३ जना घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी छ ।’