बाँकेमा आज ६४ जना डिस्चार्ज
प्रकासित मिति : २०७७ आश्विन २९, बिहीबार १३:३१
प्रकासित समय : १३:३१
बाँके,बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या साढे १९ सय नाघेको छ ।
विहीबार थप ६४ जना डिस्चार्ज भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको हो । असोज १५ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
फोकल श्रेष्ठका अनुसार बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.८६ रहेको छ भने बिरामी मृत्यु दर १.०२ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.४२ प्रतिशत मात्र रहेको बताए । यसअघि जिल्ला भित्र २७ जना र जिल्ला बाहिर १२ सहित जम्मा ३९ जनाको मृत्यु भईसकेको समेत फोकल श्रेष्ठले बताए ।