कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।

बुधबार देशभर १२ जनाको मृत्यु भएको छ । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।