कर्णालीमा ७५ जना संक्रमित थपिए
प्रकासित मिति : २०७७ आश्विन २९, बिहीबार १८:१२
प्रकासित समय : १८:१२
सुर्खेत, कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा सुर्खेतका ३७, दैलेखका २३, जुम्लाका ३, कालिकोटका ५ तथा रुकुमपश्चिम, सल्यान, डोल्पा र जाजरकोटका १–१ जना छन्।
यस्तै कर्णाली प्रदेश बाहिरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आज थपिएका संक्रमितसँगै उक्त प्रदेशमा हालसम्म ४ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका ५० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३ हजार ६०५ पुगेको मन्त्रालयले जानकारी दिएको छ।