सर्लाहीमा कांग्रेस कार्यकर्ताको झडप
सर्लाही, सर्लाहीमा कांग्रेसका नेता कार्यकर्ताको झडपमा परी दुई प्रहरी नायब उपरीक्षक डिएसपीसहित २२ प्रहरी घाइते भएका छन् ।आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसर घेराउ गर्न पुगेका कांग्रेसका कार्यकर्ताहरुलाई रोक्ने क्रममा झड्प भएपछि उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहठवाका डिएसपी उद्धवसिंह भाटसहित २२ प्रहरी रहेका छन् ।प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप सुरु भएको थियो । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
गत असोज २२ गते महेन्द्र रामको ढुंगा हानेर हत्या भएपछि विावद चर्किएको हो । वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा उपचारको क्रममा महेन्द्र मृत्यु भएको थियो ।