भारतीय सेनाध्यक्ष नेपाल आउँदै
प्रकासित मिति : २०७७ आश्विन २८, बुधबार १५:४९
प्रकासित समय : १५:४९
काठमाडौँ, भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने नेपाल आउने भएका छन् ।नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको हो ।
यसअघि नै नरभाने नेपाल आउने पूर्वनिर्धारित कार्यक्रम कोरोना भाइरसका कारण रद्ध भएपछि पुनः नयाँ मिति तय गरीएको हो ।स्थलसेनाध्यक्ष नरभानेलाई भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पछि उनको चर्को आलोचनासमेत भएको थियो ।