खोसियो ईश्वर पोखरेलको मन्त्रालय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। बुधबार पुनगर्ठित मन्त्रिपरिषद्‍मा ईश्वर पाेखरेललाई हटाएर रक्षा मन्त्रालयको जिम्मेवारी ओलीले आफैंसँग राखेका हुन्।

पोखरेल उपप्रधानमन्त्री यथावत् छन् भने उनको कार्यविभाजन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोकिएको छ।

त्यसैगरी विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। कृष्णगोपाल श्रेष्ठ सहरी विकास र पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री तोकिएका छन्।