२४ घण्टामा उपत्यकामा थपिए २१२९ कोरोना संक्रमित
प्रकासित मिति : २०७७ आश्विन २७, मंगलवार १६:२५
प्रकासित समय : १६:२५
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना संक्रमित थपिएका छन् ।
यसअघि सोमबार (हिजो) काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।