कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन २७, मंगलवार १६:२९
प्रकासित समय : १६:२९
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।
सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।