नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४७ जनामा संक्रमण देखिएको हो ।

योसँगै कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ