उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन २६, सोमबार १६:३३
प्रकासित समय : १६:३३
काठमाडौँ, काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यकामा १ हजार ४१६ जनामा कोरोना पुष्टि भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७७ हजार २७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४७३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।