प्रमुख सचेतक शाह पदमुक्त

सुर्खेत,कर्णाली प्रदेशका माननिय गुलावजंग शाहलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलका नेता एवं माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले माननिय गुलावजंग शाहलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरेका हुन ।

उक्त पदमा माननीय सांसद सिता कुमारी नेपालीलाई नियुक्त गरिएको छ । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध हिजोमात्र अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले सोमबार एक पत्र लेख्दै शाहलाई प्रमुख सचेतकबाट हटाएको जानकारी दिएका हुन् ।

सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव नेकपाका १८ जना सांसदले दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव दर्ता भए लगतै मुख्यमन्त्री शाहीले यस्तो कदम चालेका हुन । बिगत केहि समय यता कर्णाली सरकारभित्रै बिवाद चुलिरहेको छ ।