चितवनमा ५५ जना नयाँ संक्रमित थपिए
प्रकासित मिति : २०७७ आश्विन २६, सोमबार ०९:१०
प्रकासित समय : ०९:१०
काठमाडौं , चितवनमा थप ५५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको २३५ नमुनाको परिक्षणमा ५५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्।
संक्रमण हुनेमा भरतपुर महानगरपालिकाका विभिन्न वडाका ३४ जना, रत्ननगर नगरपालिकाका र ६ जना, खैरहनी नगरपालिकाका ३ जना, कालिका नगरपालिका २ र राप्ती नगरपालिकाका १ जना छन्। यस्तै पर्सा जिल्लाका ६ जना, तनहुँ, मकवानपुर र सर्लाहीका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाखालाले जनाएको छ।