उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने
प्रकासित मिति : २०७७ आश्विन २६, सोमबार १८:३९
प्रकासित समय : १८:३९
काठमाडौं, संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितब ाहेक अरुलाई राख्न पाइने छैन ।