शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौं, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार स्वास्थ्यमा समस्या आएपछि स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो ।लक्षणसहितको संक्रमण देखिएकाले मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेको उनका स्वकीय सचिव पुरन केसीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

पर्यटनमन्त्री योगेश भट्टराईसमेत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।