सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन २५, आईतवार १४:३४
प्रकासित समय : १४:३४
सुर्खेत, सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका १०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा नवराज केसीले जानकारी दिए । दम र अल्सरको रोगीसमेत रहेकी ती महिलाको उपचारकै क्रममा आइतबार बिहान १० बजे मृत्यु भएको हो ।
असोज २१ गते कोरोना संक्रमण देखिएपछि उनलाई प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय उनलाई कोभिड निमोनियासमेत भएको डा केसीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ११ पुगेको छ