कर्मचारीबाट जुस पिएर डा केसीले तोडे अनसन
प्रकासित मिति : २०७७ आश्विन २५, आईतवार १०:५५
प्रकासित समय : १०:५५
काठमाडौं, डा गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् ।
शनिबार सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । शनिबार मध्यरातमा डा। केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा। केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए ।
त्यसपछि डा। केसीले काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमै अनशनमा थिए ।