नोबेल अस्पताल दुई कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन २५, आईतवार ०८:५०
प्रकासित समय : ०८:५०
मोरङ, विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन् । शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या देखिएसँगै असोज २१ गते ७१ वर्षीय वृद्धलाई अस्पतालमा भर्ना गरिएको थियो । उनमा कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । फोक्सो सम्बन्धी समस्या भएका उनको शनिबार राति १०:१५ बजे मृत्यु भएको उनले बताए ।
यस्तै सुनसरीको दुहबी ३ की महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । असोज २० गते अस्पतालमा भर्ना भएकी उनको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको शनिबार राति ११ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।