२४ घण्टामा उपत्यकामा थपिए २,६७२ कोरोना संक्रमित
प्रकासित मिति : २०७७ आश्विन २४, शनिबार १६:३२
प्रकासित समय : १६:३२
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् ।
यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १,११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।