बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन २४, शनिबार ०७:३६
प्रकासित समय : ०७:३६
काठमाडौँ, बाँकेको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका-९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको भेरी अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
यही असोज १३ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका संक्रमित ती पुरूषलाई भेन्टिलेटरको आवश्यकता परेपछि शुक्रबार राति १० भेरी अस्पतालमा रिफर गरिएको थियो ।
भेरी अस्पताल पुर्याइएको १ घण्टाभित्रै उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।